चलचित्र निर्देशनको युद्धमा मेरो अनुभवले जित्छ– निर्देशक प्रदीप भट्टराई

  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौं, ७ फागुन । प्रदीप भट्टराई लामो समय चलचित्र क्षेत्रमा काम गरेपछि निर्देशनको जिम्मेवारी लिन थालेका छन् । करिब १७ वर्ष चलचित्र निर्माणको विभिन्न जिम्मेवारी वहन गर्दै हाल उनी निर्देशनमा आएका हुन् ।

पहिलो निर्देशन रहेको ‘जात्रा’ सफल भएसँगै उनी निर्देशन गर्न हौसिएका छन् । उनकै निर्देशनमा तयार भएको ‘शत्रुगते’ आउँदो चैत ९ गते प्रदर्शन हुने तयारीमा रहेको छ ।

१७ वर्षको अनुभव संगालेर निर्देशनमा हात हालेको बताएका उनले आफूले निर्देशन गरेको चलचित्र सफल हुने दाबी गरे । मिडिया एनपीसँगको कुराकानीमा निर्देशक प्रदीपले भने, ‘युद्ध कि मूर्खले जित्छ, कि अनुभवले, मसँग चलचित्र क्षेत्रको अनुभव छ, युद्ध जितिन्छ ।’

‘अनुभव नै नगरी मूर्ख शैलीमा पहिले नै चलचित्र निर्देशन गरेको भए निर्माताको करोडौँ रुपैयाँ र कलाकारको मेहनत डुब्ने र आफ्नै प्रतिष्ठा र क्षमतामाथि नै प्रश्न आउँथ्यो’, उनले भने ।

चलचित्र निर्माणको हरेकपाटो र अवस्थाको ज्ञान बटुलेर ठूलो जिम्मेवारीबोध गरेर निर्देशनमा हात हालेको प्रदीपले भने । अध्ययन र अनुभव भएका व्यक्ति आए नेपाली चलचित्र क्षेत्रले राम्रो प्रगति गर्ने उनको विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =