‘कोइला’को ‘यो माया’ सार्वजनिक

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

काठमाडौं, १५ फागुन । चलचित्र ‘कोइला’को पहिलो गीत ‘यो माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतको भिडियोमा नायक प्रज्वल गिरी र नायिका सोनिया गिरीलाई फिचरिङ गरिएको छ ।

आउँदो वैशाख २१ गतेबाट देशब्यापी प्रदर्शन मिति तय गरेको सो चलचित्रको उक्त गीतमा गायक तथा संगीतकार ओम सुनुवारको संगीत तथा माण्डवी त्रिपाठी र संगीतकार ओम सुनुवारको स्वर रहेको छ ।

गीतमा शब्द दिनेश सुबेदीको रहेको छ । निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा बनेको एक्सन लब स्टोरी र सेन्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, अभिनेता ध्रव कोइराला, किरन थापा, बिशाल पहारी, कालु राना, रामचन्द्र अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

67 + = 75