संगीतकार चेतन सापकोटाको ‘जय मायाप्रेम’ आउँदै

  • 415
  •  
  •  
  •  
  •  
    415
    Shares

काठमाडौं, २२ फागुन । दुई दशकदेखि संगीतिक क्षेत्रमा सक्रिय संगीतकार चेतन सापकोटाले ‘जय मायाप्रेम’ म्यूजिक भिडियो ल्याउने तयारी गरेका छन् ।

एक महिनाभित्र बजारमा ल्याउन लागिएको सो म्यूजिक भिडियोमा चारवटा गीत समावेश गरिने जनाइएको छ । नयाँ गीतकार अर्जुनरत्न भिकारी र नयाँ गायक नारायण धितालको साथ लिएर संगीतकार सापकोटाले ल्याउने भिडियोमा ‘मरेँ भने दिनु है दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश गरिने छ ।

सो म्यूजिक भिडियोमा समावेश गरिने तीनवटा गीतको छायांकन जोमसोम कागबेनी पर्वत टिटी लेक लगायतका स्थानमा भइसकेको छ भने बाँकी एउटाको आउँदो बिहीबार काठमाडौंमा गर्ने तयारी गरिएको छ ।

उक्त गीतको निर्देशन नीकेश खड्काले गर्ने छन् भने नायिका प्रियंका कार्की, गायक नारायण धिताल र गीतकार भिकारीको मोडलिङ रहनेछ । साथै अन्य तीन गीतमा बेनिशा हमाल, संगीतकार चेतन सापकोटा, शुष्मा अधिकारी, सोनी घर्ती विल्सन थापा तथा गायक धिताल र गीतकार भिकारीले मोडलिङ गरेका छन् ।

उक्त तीन गीतको छायांकन सुदीप बरालले गरेका हुन् भने दुई गीतको निर्देशन युवराज वाईबा र एउटा गीत तेन्जु योन्जनको रहेको छ । मेकअप हेयर डीजाईन बिना राईको रहेको छ भने ड्रेस डीजाईन सोनी संजली मगरको रहेको छ । भिडीयो एडीट निसान घिमिरे र टेकेन्द्र शाहाले गर्दैछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 60