चलचित्र ‘ब्ल्याक’को गीत ‘चङ्गा जस्तै मन’ सार्वजनिक

  • 274
  •  
  •  
  •  
  •  
    274
    Shares

काठमाडौं, २४ फागुन । चलचित्र ’ब्ल्याक’को ‘चङ्गा जस्तै मन’ बोलको गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत तथा स्वर प्रतिक पौडेलको रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्यलगायत कलाकारको अभिनय रहेको छ भने रामसरण उप्रेतीको छायांकन रहेको छ ।

आश्मा फिल्मस् ब्यानरबाट निर्माण भएको उक्त चलचित्रलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् । आउँदो जेठ ११ गते रिलिज हुने भनिएको सो चलचित्रको कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 ÷ 13 =