नेपालले दियो अफ्गानिस्तानलाई १९५ रनको लक्ष्य

  • 243
  •  
  •  
  •  
  •  
    243
    Shares

काठमाडौं, २६ फागुन । जिम्बाबेमा जारी एकदिवसिय विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य प्रैहराएर सुपरसिक्सको यात्रा तय गर्ने रणनीति लिएको छ । जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपालले ५० अाेभरकाे खेलमा एक बल बाँकी रहँदा नै १९४ रन जोडेर आउट भएको हो ।

कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान गर्दा दिपेन्द्रसिंह ऐरीले ३२, ज्ञानेन्द्र मल्लले २३ र आरिफ शेषले २३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान जम्न सकेनन् । चीर प्रतिद्वन्द्वी देश अफगानिस्तानलाई पराजित गरेर सुपरसिक्सको यात्रा तय गर्ने लक्ष्यको साथ मैदान उत्रिएको नेपालले कमजोर योगफल बनाएको छ ।

यसअघिका दुवै खेलमा पराजित भएको नेपाललाई सुपरसिक्समा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । अफगानिस्तानसँग पराजित भए सुपरसिक्समा प्रवेश गर्ने नेपालको सम्भावना गणितीय हिसाबमा मात्र रहनेछ ।

यसअघिका तीनवटै खेलमा पराजित भएको अफगानिस्तान पनि नेपालविरुद्ध सशक्त हुने देखिन्छ । नेपाललाई हराउन सके अफ्गानिस्तानको पनि सुपर लिगमा प्रवेश गर्ने गणितिय सम्भावना रहन्छ ।

नेपालले हङकङलाई हराएमा, अफगानिस्तानले नेपाललाई हराएमा र हङकङ जिम्बावेसँग पराजित भएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस्रो देश अफगानिस्तान, नेपाल र हङकङ मध्ये एक हुनेछ । यस्तो अवस्थामा नेपालका लागि अफगानिस्तानको खराब लय र अफगानिस्तानका लागि अहिलेसम्मको हेड टू हेडको नतिजाले सहयोग गर्नेछ ।

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन् । जसमा नेपाल एकपटक मात्र विजयी भएको छ ।

आजै समुह बीको जिम्बाबे र हङकङ, समुह ए का वेष्ट ईण्डिज र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र पपुवा न्यु गीनीबिचपनि प्रतिस्पर्धा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 50