रोनाल्डो चम्किँदा रियल मड्रिड विजयी

  • 833
  •  
  •  
  •  
  •  
    833
    Shares

काठमाडौं, २७ फागुन । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा साबिक बिजेता रियलले इबरलाई २ – १ ले हराएको हो ।

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । इबरका इभान रामिसले एक गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । खेलको ५० औं मिनेटमा इभानले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, खेलको ८४ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २ –१ को जित दिलाए ।

यो जितसँगै रियलले शीर्ष दुई स्थानमा रहेको बार्सिलोना र एथ्लेटिको मड्रिडसँग अंक दुरी कम गरेको छ । लिगको तेस्रो स्थानको रियल मड्रिडले २८ खेलबाट ५७ अंक जोडेको छ । पराजित इबर ३९ अंकसहित आठौं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 87 = 90