नेयमारको करियर ‘टर्निङ प्वाइन्ट’ मा, अब पिएसजीमै रहलान् कि बार्सिलोना फर्केलान् ?

  • 834
  •  
  •  
  •  
  •  
    834
    Shares

काठमाडौं, २७ फागुन । ब्राजिलका स्टार स्ट्राइकर नेयमार अहिले चोटबाट पीडित बनेका छन् । गत साता फ्रेन्च लिगअन्तर्गत मार्सेलीविरूद्धको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का यी स्ट्राइकरले बायाँ खुट्टामा चोट बोक्न पुगे । २६ वर्षीय नेयमार ६ हप्ता मैदान बाहिर रहने छन् । हाल उनी ब्राजिलान उपचाररत छन् । यद्यपि ब्राजिलियन फुटबल फेडरेसनले नेयमार कहिले फिट हुन्छन् भन्ने बारे केही खुलाएको छैन । नेयमारले रूसमा हुने विश्वकप फुटबल गुमाउन सक्ने चिन्ता व्यक्त भइरहेका छन् ।

राष्ट्रिय टोलीका प्रमुख खेलाडी विश्वकप सुरू हुन केही महिना मात्रै बाँकी रहँदा घाइते भएपछि ब्राजिललाई चिन्ता थपिएको छ । पाँच पटकको विश्व विजेता ब्राजिल रूसमा विजयको झण्डा गाड्दै छैंटौ पटक विश्वकपको ट्रफी घर ल्याउने अभियानमा छ । नेयमार फिट नहुने हो भने ब्राजिलको यो अभियानमा धक्का पुग्ने फुटबल पण्डितहरूको विश्लेषण छ । नेयमारले हालसम्म व्यावसायिक र राष्ट्रिय टोलीबाट चार सय बढी गोल गरिसकेकेका छन् ।

सपनाको बाधक बनेको चोट

२५ फेब्रुअरीमा पिएसजीले मार्सेलीलाई ३–० ले हरायो । सोही खेलमा पिएसजीका प्रमुख खेलाडी नेयमारको खुट्टामा गम्भीर चोट लाग्यो । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग हुन केही दिनमात्रै बाँकी रहँदा नेयमार घाइते भए । पिएसजीले त्यसको मूल्य बुधबार राति भएको रियल मड्रिडसँगको खेलमा चुकायो । पहिलो लेगमा रियलसँग ३–१ गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा पिएसजीले २–१ को हार व्यहोर्‍यो ।

दोस्रो लेग पिएसजीको मैदानमा भएको थियो, यदि नेयमार घाइते नभएको भए मात्र पनि अवस्था अर्कै हुन सक्थ्यो । नेयमार आफैं पनि यो सिजन पिएसजीबाट च्याम्यिन्स लिग जित्दै बालोन डि’आर जित्ने अभियानमा थिए । बार्सिलोनामा मेस्सीको छायाँ परेको भन्दै जारी सिजनमा विश्व कीर्तिमानी मूल्यमा पिएसजी आएका उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । उनले पिएजसीबाट सबै प्रतियोगितामा २८ गोल गरेका छन् । उनी नभएकै कारण पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिएको हो विश्लेषण गर्न थालिएको छ ।

अघिल्लो सिजन पिएसजीसँग पहिलो लेगमा ४–० ले पछि परेको अवस्था उल्टाएर बार्सिलोनाले ६–५ को जित निकाल्दा उनै नेयमार नायक थिए । उनले अन्तिम २० मिनेटमा दुई गोल गर्दै एक अवसरसमेत सिर्जना गरेका थिए । नेयमार घाइते नभएका भए रियलविरूद्धको खेलमा कस्तो प्रदर्शन गर्थे ? त्यो अर्कै विषय हो । तर मार्सेलीविरूद्धको खेलमा लागेको चोटका कारण उनको पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग दिलाउने सपना सपनामै सीमित बनेको छ ।

उनको अर्को सपना २०१४ मा भएको विश्वकपमा चोटकै कारण टुटेको थियो । उनकै प्रेरणामा ब्राजिल विश्वकपको सेमिफाइनमा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा कोलम्बियासँगको खेलमा उनको ढाडमा गम्भीर चोट लाग्यो । नेयमारलाई कोलम्बियाका क्विनटेरोले पछाडिबाट धक्का दिएपछि उनी मैदानमा लडेका थिए । त्यसपछि उनी खेलमा फर्कन सकेनन् । उनी मैदानमा नदेखिएपछि ब्राजिलको विश्वकपको उपाधि घरबाहिर जान नदिने अभियानमा धक्का मात्रै लागेन, सेमिफाइनलमा जर्मनीसँग इतिहासकै लज्जास्पद ७–१ गोल अन्तरले पराजय समेत भोग्न पुग्यो ।

अबको यात्रा कता ?

पिएसजी च्याम्यिन्स लिगको अन्तिम १६ बाट बाहिरिएपछि नेयमार निराश रहेको बताइएको छ । उनले पूर्व क्लब बार्सिलोना फर्कन चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

के नेयमार पुनः बार्सिलोनाको जर्सीमा मैदानमा देखिएलान् त ? त्यो आगामी दिनले बताउनेछ । यद्यपि पछिल्लो समय नेयमारलाई रियल मड्रिडले भित्र्याउने तयारी गरेका समाचारसमेत आइरहेका छन् ।

तर, रियलका प्रशिक्षक जिनेदिन जिदानले कीर्तिमानी मूल्यमा नेयमारलाई ल्याउन चाहेको कुरा हल्ला मात्र भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 18