गगन थापाको संसद्को के थियो भाषण जसले प्रधानमन्त्री ओली त्यसमै रुमल्लिए ?

  • 311
  •  
  •  
  •  
  •  
    311
    Shares

काठमाडौं, २८ फागुन । आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने दिन थियो । त्यसका लागि अपराह्न ३ बजे प्रतिनिधिसभा बैठक सुरु भयो । बैठकमा सबै दलका सांसदले आ–आफ्ना नेतालाई बोल्न दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता गगन थापा र विजयकुमार गच्छदार, राजपा नेता महेन्द्रराय यादव, नेमकिपा सांसद प्रेम सुवालले धारणा राखेका थिए ।

तर, कांग्रेसका युवा नेता गगन थापाको भाषण भने निकै चर्चित रह्यो । गगनको भाषणलाई लिएर अहिले चौतर्फी उनले प्रशंसा बटुलेका छन् । कांग्रेस मात्र होइन, एमाले, माओवादीलगायतका नेता कार्यकर्ताले समेत गगनको भाषणको तारिफ गरेका छन् ।यति मात्र होइन, गगनले सोधेकै प्रश्नको उत्तर दिनमै प्रधानमन्त्री केपी ओलीले आफ्नो समय केन्द्रित गरे । गगनले भाषण गरिरहँदा सबै दलका सांसदले ध्यानपूर्वक सुनेका थिए । गगनले संसद्को पहिलो बैठकमै वाम गठबन्धन सरकारलाई यति धैर प्रश्न गरेका छन् कि त्यसले आगामी दिनमा संसदमा बलियो प्रतिपक्ष रहेको अनुभूत गराएको विश्लेषण गर्न थालिएको छ ।

गगनले के के भने ?
सरकार दुई तिहाइको पछि लाग्नुको नियत के हो ? मुलुकमा संस्थाहरु हुँदाहुँदै व्यक्ति बलियो बनाउनुपर्छ भनेको के हो ? राजाले पटकपटक खाइदिएको कारण अहिले पनि काँग्रेसलाई आशंका रहने गरेको छ । संविधान संसोधनको विषय अघिल्लो संविधानसभामा राख्दै गर्दा यसको बारेमा उच्चारण गर्नु नै राष्ट्रघात हुन्छ भन्नेहरु कसरी अहिले संविधान संसोधनको मुद्दामा सहमत भएर आए ?

संविधानसभामा नस्विकार्ने एमाले आज संविधान संसोधन गर्न माथापच्चि गरेर सहमतिमा पुग्दै छ भन्ने चर्चा भएको छ । स्पष्ट वहुमतमा रहेको सरकार दुई तिहाईको समर्थन पु¥याउने लोभमा हिजो राष्ट्रघात देखेको संविधान संसोधन गर्ने ठाउँमा आएको छ । आखिर के का लागि? दुई तीहाइको दिव्यशक्तिको मोहको पछाडीको दौडिनुको कारण के हो ? यसको पछाडिको नियत के हो ?

हामीले महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र देखेर आइसकेका छौ, ३० बर्ष हामीले व्यहोरेर आइसकेका छौ । अब बलियो राजनेताको नाममा हामीलाई अर्को कुनै त्यस्तो महापुरुष चाहिएको छैन । मलाई यहाँ तैले हाम्रो घोषणापत्र कण्ठ पारेर आइस भनेर भन्नुहोला । कण्ठ मात्र होइन, कण्ठस्थ पारेको घोषणापत्रलाई यो सदनमा पटक पटक दोहो¥याउनेछु, काम भए नभएको गन्ती गराउनेछु ।

अब कुनै पनि छलछामले काम गर्र्दैन । अब कुनै किन्तु परन्तु होइन । अब परिणाम उधारोमा पनि होइन खनखन्ती नगदमा चाहिन्छ । सम्माननीय केपी ओली अब एमालेको अध्यक्ष मात्र होइन देशको प्रधानमन्त्री हुनुहुन्छ। अब जे पनि बोल्न पाइन्न। अब प्रत्येक बोलीको हिसाव राखिन्छ । अब प्रत्येक बोलीको हिसाव किताव मागिन्छ ।

ओलीको जवाफ
संविधान संशोधन नै हुन नसक्ने वा अपरिवर्तनीय हो भनेर मैले कहिल्यै भनेको छैन । औचित्यका आधारमा संविधान संशोधन हुन्छ र सबै असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर समृद्धिको यात्रामा अगाडि बढाउँछ । हामीसँग भएको दुई तिहाई मत देश एकजुट छ भन्ने सन्देश जनतालाई र विश्वलाई दिन आफूले सबैलाई आग्रह गरेको हो ।

म प्रधानमन्त्री एमालेको होइन, एमाले र माओवादी केन्द्रको मात्र होइन, नेपाल सरकारको प्रधानमन्त्री हो । म त्यहीअनुसार काम गर्छु । एमाले र माओवादी केन्द्रको तालमेलको नीतिअनुसार मलाई प्रधानमन्त्रीमा पठाएको हो । वादविवाद प्रतियोगिता गरेर केही फाइदा छैन, परिणाममा विश्वास गर्ने भएकाले देशको अर्थतन्त्रमा सकारात्मक परिणाम निकालेरै छाड्छु । अर्थतन्त्रको अवस्था कस्तो छ भनेर यसअघि सरकारमा रहेकालाई नै थाहा होला ! के गर्दा मुलुकको पक्षमा काम हुन्छ, कसरी राम्रो हुन्छ भन्नेमा मेरो इमान्दारिता देश र जनताप्रति हो, सुशासनका लागि हो, विकासका लागि हो । मेरो विश्वासमा भरोसा गर्दा फरक पर्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 4