राष्ट्रिय सभा अध्यक्षका लागि आज उमेदवारी मनोनयन दर्ता, एमालेले उम्मेदवार टुंगो लगाउँदै

  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौं, २८ फागुन । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभा अध्यक्षका लागि उमेदवारी मनोनयन दर्ता गर्न कार्यतालिका छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने समय छुट्याइएको छ ।

राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको छ । प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्र र राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको हो । जसअनुसार अध्यक्षको उम्मेदवारको नाम टुंगो लगाउन एमाले स्थायी समिति बैठक बस्दै छ । एमालेमा पर्शुराममेघी गुरुङ र गणेश तिमल्सिनाबीच राष्ट्रिय सभा अध्यक्षका लागि प्रतिस्पर्धा छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी नदिने भएको छ । राष्ट्रिय सभामा वाम गठबन्धनको वर्चश्व भएकाले पनि कांग्रेसले उम्मेदवारी नदिने भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सोमबार बिहान पदाधिकारी बैठक बोलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 36