शाहरुख खानका अचम्मका फ्यान, सुरक्षागार्डको आँखा छलेर घरको स्विमिङ पुलमा नुहाएर निस्के

  • 446
  •  
  •  
  •  
  •  
    446
    Shares

एजेन्सी, २८ फागुन । बलिउड कलाकारका फ्यान पनि अचम्म अचम्मका हुने गरेका छन् । हालै एक यस्तै फ्यानले आफ्नो घरको स्विमिङ पुलमा कसैलाई नसोधी नुहाएर निस्केको अभिनेता शाहरुख खानले रहस्य खुलाएका छन् ।

एक भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै शाहरुखले ती फ्यानको हर्कत देखेर आफू निकै डराएको उनको भनाइ छ । शाहरुखका अनुसार ती व्यक्ति सुरक्षागार्डको आँखा छलेर मुम्बईस्थित ‘मन्नत’ निवासभित्र पसे । अनि शाहरुख खानले स्विमिङ गर्ने स्विमिङ पुलमा गए र नुहाउन थाले ।

ती व्यक्तिले न त शाहरुख खानसँग भेट्न चाहे, न त अटोग्राफ नै लिन चाहे । चुपचाप आफूले स्विमिङ गर्ने स्विमिङ पुलमा नुहाएर बाहिर निस्केको शाहरुखको भनाइ छ । ती व्यक्तिको हर्कत हेर्दा आफूले शाहरुख खानको स्विमिङ पुलमा नुहाएँ भन्ने रहेको बुझ्न सकिने शाहरुखले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 81