नारा समावेशीको : राष्ट्रप्रमुखदेखि राष्ट्रियसभा अध्यक्ष खर्सआर्यलाई

  • 371
  •  
  •  
  •  
  •  
    371
    Shares

काठमाडौं, २८ फागुन । मुलुकमा समावेशीको नारा निकै घन्कियो । संघीय समावेशीलाई संविधानमा लिपिवद्ध पनि गरियो । देशको नेतृत्व लिएका खर्सआर्यले मुलुक बिगारेको आरोप लगाइयो । लामो नाक र छोटो नाकबीच देश बिगार्ने र अवसरको नपाएकाको रेखा कोरियो । दश वर्षे युद्ध भयो । संविधानसभाबाट सबै विभेदको अन्त्य गरेर सबैले अवसर पाउने संविधान बनाउन भन्दै करिब दश वर्ष नै मन्थन पनि गरियो । तर, यसका बाबजुद पनि मुलुकको प्रमुख पदमा भने नयाँ अनुहार देखिएन, देखाइएन । समावेशी जनप्रतिनिधिहरुले खर्सआर्यलाई नै सबै पद सुम्पिए ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रीय तहमा भएको निर्वाचनबाट जनप्रतिनिधि आएका छन् । उक्त तहहरुमा समावेशी सिद्धान्तको आाधारमा जनप्रतिनिधि चयन गरिएको हो । तर, उनै जनप्रतिनिधिले भने आफ्नो नेतृत्वमा भने खर्सआर्यलाई छानेका छन् ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित भइसकेको छ । महिला भएपनि उनी खसआर्य समुदायकी हुन् । राष्ट्रपति पदका लागि विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राईबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ । तर, दुई तिहाइबढी समर्थन पाएको वाम गठबन्धनकी उम्मेदवारी भण्डारी नै विजयी हुने निश्चि छ ।

यस्तै प्रधानमन्त्रीमा केपी शर्मा ओली छन् । उनी पनि खसआर्य नै हुन् । मुलुकको कार्यकारी प्रधानमन्त्रीमा ओलीलाई दोस्रोपटक मुलुकले पाएको हो ।

यस्तै प्रधानन्यायाधीमा खसआर्यकै गोपालप्रसाद पराजुली रहेका छन् । यसैगरी संघीय संसद्को सभामुखमा खसआर्यकै व्यक्ति पाइसकेको छ भने अध्यक्ष पनि खसआर्यकै मानिस पाउने निश्चित भइसकेको छ । प्रतिनिधिसभाको सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् भने राष्ट्रियसभा अध्यक्ष पनि एमालेका नेता गणेश तिमल्सिना हुने भएका छन् । सोमबार एमालेले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्ष आउँदो बुधबार चयन हुँदैछ ।

प्रधानसेनापतिमा राजेन्द्र क्षेत्री छन् भने नेपाल प्रहरीका महानिरीक्षकमा प्रकाश अर्याल रहेका छन् । उनीहरु दुवै खसआर्य हुन् । यता सशस्त्र प्रहरी बलका महानिरीक्षकमा भने सिंह बहादुर श्रेष्ठ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 ÷ 12 =