नेपालसामु १५४ रनको लक्ष्य, अहिले नेपालले ब्याटिङ गर्दै

  • 166
  •  
  •  
  •  
  •  
    166
    Shares

काठमाडौँ, २८ फागुन ।  आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा हङ्कङ्ले नेपाललाई १५४ रनको चुनौती दिएको छ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको हङ्कङ्ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।

हङ्कङ्का लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

  अहिले नेपालले ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा नेपालले दस ओभरको समाप्तिमा बिना एक विकेटको नोक्सानीमा   ४१ रन बनाएको छ । क्रिजमा उप-कप्तान ज्ञनेन्द्र मल्ल र पारस खड्का रहेका छन् ।२६ रन बनाउदै अनिल कुमार साह आउट भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 9 =