नेपालद्वारा हङकङ पाँच विकेटले पराजित

  • 349
  •  
  •  
  •  
  •  
    349
    Shares

काठमाडौँ २८ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा हङकङ नेपालसँग पाँच विकेटले पराजित भएको छ।जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको हङ्कङ्ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।

हङ्कङ्का लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

नेपालका लागि मध्य क्रमका ब्याटसमेन रोहित कुमार पौडेल र सोमपाल कामीले  ८५ रनको महत्वपूर्ण साझेदारी गरे । रोहित कुमार पौडेलले ४८ रन र  सोमपाल कामीले ३७ रनको महत्वपूर्ण साझेदारी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 74 = 75