सनीले पोर्न उद्योगमा नम्बर बाँडेको आरोप

  • 638
  •  
  •  
  •  
  •  
    638
    Shares

कन्ट्रोभर्सी क्विनको उपनामले समेत कहलिने गरेकी आइटम गर्ल राखी सावन्त फेरि एकपटक चर्चामा आएकी छिन् । हालै एउटा अन्तर्वार्तामा राखीले पूर्वपोर्नस्टार सनी लियोनलाई गम्भीर आरोप लगाएकी छिन् । जसकारण उनको अहिले चर्चा चलेको छ ।

सनीले आफ्नो नम्बर पोर्न उद्योगका पुरुषहरूलाई बाँडेको राखीको आरोप छ । त्यसकारण अचेल पोर्न फिल्म निर्माता तथा अभिनेताबाट लगातारजसो फोन आउने गरेको र ती फोनहरूले आफूलाई निकै डिस्टर्ब गरेको राखीको दाबी छ ।

‘सनीले मेरो नम्बर पोर्न इन्ड्रस्टिजमा बाँडिन्, जसकारण अचेल मलाई लगातार उनीहरूको फोन आउने गरेको छ,’ आक्रोशित राखीको भनाइ छ, ‘अनेक प्रकारका मान्छेको फोनले मलाई साह्रै डिस्टर्ब भएको छ ।’

राखीले आफूलाई फोन गर्नेहरूले निकै मोटो रकमको अफर राख्ने गरेको सुनाएकी छिन् । ‘पोर्न उद्योगका निर्माताहरूले मलाई मोटो पारिश्रमिकको अफर गरिरहेका छन्,’ राखी भन्छिन्, ‘उनीहरूले मलाई भिडियो र आफ्नो मेडिकल रिपोर्ट पठाउन भन्ने गरेका छन् ।

मलाई त्यस्तो काममा बिल्कुलै रुचि छैन ।’ राखीले आफू हिन्दुस्तानी भएकाले त्यस्तो काम गर्नुभन्दा मर्नु निको मान्नेसमेत दाबी गरेकी छिन् । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 − 55 =