प्याडम्यानलाई उछिने ‘सोनु के टिटूकी स्वीटी’ले

  • 72
  •  
  •  
  •  
  •  
    72
    Shares

एजेन्सी । गएको फेब्रुअरी २३ देखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘सोनु के टिटूकी स्वीटी’ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।

आम्दानीको हिसावले अक्षयकुमार अभिनित फिल्म ‘प्याडम्यान’लाई पछि पार्दै ‘सोनु के टिटूकी स्वीटी’ले यस वर्षको सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म बनेको छ ।

बलिउड फिल्मका व्यापार विश्लेषक तरण आदर्शकाअनुसार ‘सोनु के टिटूकी स्वीटी’ले हालसम्म करिब ८२.१० करोड भारतीय रूपैयाँ कमाइ गर्दै सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्ममा पर्न सफल भएको छ ।

साथै उनकाअनुसार यसवर्षको सर्वाधिक व्यापार गर्ने पहिलो स्थानमा दीपिका पादुकोणको ‘पद्मावत’ रहेको छ। सो फिल्मले तेस्रो शनिबार समेत ४.१२ करोड व्यापार गरेको छ।

‘प्यारका पञ्चनामा’ फेम निर्देशन गरेका रव रञ्जनले नै ’सोनु के तितुकी स्विटी’ निर्देशन गरेका हुन्। फिल्ममा नुसरत भरूचा, कार्तिक आर्यन, सनी सिहं, आलोक नाथ तथा वीरेन्द्र सक्सेनाको अभिनय रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 ÷ 11 =