विमान दुर्घटनाका घाइतेको अवस्था बुझ्न देउवा अस्पताल पुगे

  • 405
  •  
  •  
  •  
  •  
    405
    Shares

काठमाडौं, २९ फागुन । प्रमुख विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा विमान दुर्घटनाबाट घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

पूर्व प्रधानमन्त्री देउवा मंगलबार दिउँसो सिनमंगलस्थित केएमसी अस्पतालमा उपचारत् घाइतेहरुको अवस्था बुझ्न पुगेका हुन् ।

उनले सो क्रममा घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । सभापति देउवाले घाइतेहरुको उपचारमा कन्जुसाईं नगर्न र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरणको क्रममा युएस बंगाला एयरलाइन्सको विमान दुर्घटनामा पर्दा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइतेको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ 5 =