प्रधानन्यायाधीशले तोकेको ‘इजलाश’ ८ जना न्यायाधीशद्वारा बहिस्कार

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमाडौं, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबारका लागि तोकेको ‘इजलाश’ सर्वाेच्च अदालतका ८ जना न्यायाधीशले बहिस्कार गरेका छन् ।

जन्म मितिको विषयले विवादमा परेका प्रधानन्यायाधीश पराजुलीले मंगलबार पनि दैनिक पेशी तोकेका थिए । तर, न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउतले इजलाश बहिस्कार गरेका हुन् ।

यसअघि सोमबार न्यायाधीश चालेन्द्रशम्शेर जबराले पनि प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेका थिए । त्यसपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय सम्पादन नगर्न न्यायाधीशहरुले सुझाव दिएका थिए ।

आफूहरूको सुझाव विपरित प्रधान न्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादनबाट अलग हुन नमानेको भन्दै उनीहरुले मंगलबारको इजलाश बहिस्कार गरेका हुन् ।

यता सोमबार इजलाश बहिस्कार गरेका न्यायाधीश जबरालाई बेन्च तोकिएको छैन । प्रधानन्यायाधीश पराजुलीले मंगलबारका लागि ११ इजलास तोकेका छन् ।

तर, प्रधानन्याधीश पराजुलीसहित न्यायाधीशहरू तेजबहादुर केसी, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही, दीपककुमार कार्की र टंक मोक्तान, केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी, मिरा खड्का र बमकुमार श्रेष्ठको इजलास भने बसिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 40