रजनीकान्तसँग छेउमा बस्दा कुकुरको भाउ बढेर ४ करोड पुग्यो !

  • 381
  •  
  •  
  •  
  •  
    381
    Shares

काठमाडौं, २९ फागुन । सुपरस्टार रजनीकान्त स्टारर फिलम ‘काला’ २७ अप्रिलमा रिलिज हुनेछ । पीए रञ्जीतले निर्देशन गरेको फिल्मको टिजर केही दिन अघि मात्रै सार्वजनिक भएको थियो ।

यस्तै फिल्मको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो । पोस्टरमा रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ । रजनीकान्तसँग बसेको कुकुर किन्नलाई अहिले होडबाजी सुरू भएको छ । रजनीकान्तका फ्यानहरू उक्त कुकुर किन्नलाई आतुर भएको बताइएको छ । कुकुरका लागि उनीहरु ४ करोड रुपैयाँसम्म तिर्न तयार देखिको भारतीय मिडियाले जनाएका छन् ।

व्यवसायिक कुकुर प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरुले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा मणि नाम गरेको कुकुरको देखे, उनीहरु उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् ।

तर, आफूले मणिलाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरु अस्विकार गरेको उनले बताए । मलेसियामा पनि रजनीकान्तको थुप्रै फ्यानहरु रहेका छन् । रजनीले त्यहाँ काबालीसहित कयौँ चलचित्रको सुटिङ गरेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

94 − = 85