लिलीबिलीको प्रिमियर जापानमा हुने

  • 198
  •  
  •  
  •  
  •  
    198
    Shares

काठमाडौं, २९ फागुन । प्रतिक्षित चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा हुने भएको छ । नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लिलीबिली’को प्रिमियर आउँदो अप्रिल १ (चैत १८ गते) जापानमा हुन लागेको हो ।

मिलन चाम्सको निर्देशन रहेको उक्त चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । सो चलचित्रको अधिकांश छायांकन स्कटल्याण्डमा गरिएको छ । लिलीबिलीमा प्रदीप खड्का र जसिता गुरुङको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

आउँदो चैत ३० गते प्रदर्शनमा आउन लागेको लिलीबिलीको केही दिन अघि सार्वजनिक ट्रेलर अहिले पनि युट्युबमा १२औं नेपाल ट्रेण्डिङमा रहेको छ । यो समाचारमा तयार पार्दासम्म उक्त ट्रेलर ६ लाख २६ हजार ८५६ पटक युट्युबमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 − 40 =