विश्वकप छनोट खेलका उत्कृष्ट ११ खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौं, २९ फागुन । जिम्बाबेमा जारी आइसीसी विश्वकप छनौट खेलका उत्कृष्ट ११ खेलाडीको सूची सार्वजनिक गरिएको छ । उत्कृष्ट ११ खेलाडीको सार्वजनिक सूचीमा नेपालका कप्तान पारस खड्का परेका छन् ।

यस्तै जिम्बाबेका दुईजना ब्रेन्डन टेलर र सिकन्दर राजा, हङकङका अंशुमान रथ र इसान खान सूचीमा अटाएका छन् । यसैगरी आयरल्यान्डका विलियम पोटरफिल्ड, पपुवा न्युगिनीका टोनी उरा, स्कटल्यान्डका कोलुम म्याकलियोर्ड, युएईका रोहन मुस्ताफा, अफगानिस्तानका मोहम्मद नाबी र वेस्ट इन्डिजका जासन होल्डर उत्कृष्ट ११ खेलाडीमा परेका हुन् ।

जिम्बाम्बेमा जारी विश्वकप छनोट खेलमा १० देश सहभागी भएका छन् । १० देशमध्ये ६ देश सुपर सिक्समा प्रवेश गरेका छन् भने बाँकी टिम बाहिरिएका छन्।

दुई समूहमा विभाजित टिमहरूको समूह ‘ए’ बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर सिक्समा पुगेका छन् भने एक दिवसीय मान्यता प्राप्त नेदरल्यान्ड्स र पपुवा न्युगिनी बाहिरिएका छन्।

समूह ‘बी’ बाट आयोजक जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन् भने नेपाल र हङकङ बाहिरिएका छन्। सुपर सिक्समा पुगेका ६ मध्ये २ टिमले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 90