चलचित्र ‘भिमसेन’ निर्माणको घोषणा

  • 64
  •  
  •  
  •  
  •  
    64
    Shares

काठमाडौं, २९ फागुन । चलचित्र ‘भिमसेन’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उक्त चलचित्र निर्माणको घोषणा गरिएको हो ।

युवी फिल्मस ग्यालरीको ब्यानरमा निर्माण हुने कमेडी, प्रेम र एक्सन प्रदान उक्त चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्ने भएका छन् । भिमसेनको कथा पनि उनै कटुवालले लेखेका छन् ।

कला राइको लगानी रहने उक्त चलचित्रमा संगीत बानिया, कोनिका घिमिरे, यादव देवकोटा ’सरापे’, राजु कमेडी ’रेम्बो’, राजन महर्जनलगायतका कलाकारको अभिनय रहने छ ।

राजु किराती राईको द्वन्द निर्देशन रहने सो चलचित्रलाई अनिल महर्जनले सम्पादन गर्ने भएका छन् भने पवन गौतमको छायांकन गर्ने भएका छन् । काठमाडौँ आसपासका क्षेत्रमा भिमसेनको छायांकन गरिने जानकारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

82 − 78 =