विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

  • 151
  •  
  •  
  •  
  •  
    151
    Shares

काठमाडौँ, २९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिकाका उपचारत् दुई जना घाइते मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५१ पुगेको हो ।

मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका मन्त्रालयले जनाएको छ । चारजना चालक दलका सदस्यसहित ७१ सवार उक्त विमान सोमबार दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परेर घाइते भएकाहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बंगलादेशको ढाकाबाट उडेको युएस बंगाला एयरलाइन्सको उक्त विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, १ जना चाइनिज र १ जना माल्दिभ्सका नागरिक सवार थिए भने चार जना चालक दलका सदस्य थिए । मृत्यु हुनेमा चालक दलका सदस्य समेत परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 + = 76