वाम गठबन्धनकी विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित, भोलि सपथ हुने

  • 615
  •  
  •  
  •  
  •  
    615
    Shares

काठमाडौं, २९ फागुन । वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् । राष्ट्रपतिमा बहाल रहेकै अवस्था वाम गठबन्धनबाट उम्मेदवारी दिएकी उनी कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै विजयी भएकी हुन् ।

फाइल फाेटाे

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनको प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार राईले ११ हजार ७३० मतभार पाएकी छन् ।

राष्ट्रपति पदका लागि भएको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सांसद्हरु मतदाता रहेका थिए । ८८० जना मतदाता रहेकामा ८३२ जनाले मात्रै मतदान गरेका थिए । संघीय संसदको एक सदस्यको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ मानेर गरिएको उक्त निर्वाचनमा संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेश सभाका ५ सय ४९ मध्ये ५ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संघीय संसदका ५ र प्रदेशसभाका १३ सदस्यले मतदान गरेनन् । मतदान नगर्नेमा नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीका सांसद् रहेका छन् । मतदानमा संघीय संसदका सदस्य नयाँ शक्तिका बाबुराम भट्टराई, कांग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टीका रेशम चौधरी र रमेशप्रसाद यादव तथा नेमकिपाका प्रेम सुवाल अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय संसदको ३ र प्रदेश संसदको ५ मत बदर भएको छ ।

२०७२ कात्तिक ११ गते मुलुकको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारी मंगलबार पाँच वर्षे कार्यकालका लागि पुन राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनको बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 ÷ 5 =