दीपकको फेरि उदाहरणीय काम, २ दिनदेखि सुत्केरी बेथा लागेको महिलाको हेलिकप्टरद्वारा उद्धार

  • 4.7K
  • 3
  •  
  •  
  •  
    4.7K
    Shares

काठमाडौं, २९ फागुन । काठमाडौंको चण्डोलमा ‘घर आँगन नेपाल’ नामक संस्था खोलेर सामाजिक क्षेत्रमा सक्रिय दीपक सिलवालले दुई दिनदेखि सुत्केरी बेथा लागेको महिलाको उद्धार गरी उपचारको व्यवस्था गरेका छन् ।

दुई दिनदेखि सुत्केरी बेथा लागेर छटपटाएकी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९, सिपाटारकी २० वर्षीया सीता जोगीलाई उद्धार गरी काठमाडौं ल्याएर उपचारको व्यवस्था गरेको सिलवालले जानकारी दिए । गएको शनिबार उधारोमा हेलिकप्टर लगेर काठमाडौं ल्याएकी सीताको सोमबार अप्रेशन गरेर बच्चालाई जन्म दिइएको छ ।

नेपाल मेडिकल कलेज जोरपाटीमा भर्ना गरेकी सीताको अस्पतालमा लाग्ने सम्पूर्ण उपचार खर्च डा. भोला रिजालको पहलमा निःशुल्क गरिएको उनले जानकारी दिए । तर, औषधिको खर्च भने सिलवालले आफैंले व्यहोर्ने बताए । हाल आमा र बच्चा दुवै स्वास्थ्य अवस्था खतरामुक्त रहेको भएपनि सात महिनामै बच्चाको जन्म भएकाले उनलाई केही दिन आइसीयूमा राख्नु पर्ने अस्पतालले बताएको सिलवालले जानकारी दिए । दुई हप्ताजति बच्चाको कारण अस्पताल बस्नु पर्ने उनको भनाइ छ ।

उधारोमा ल्याइएको हेलिकप्टरको ९० हजार रुपैयाँ पनि सिलवाल आफैंले व्यहोर्ने बताए । आफूसँग पैसा नरहेकाले उधारोमा हेलिकप्टर चार्टर गरेर आमा र बच्चाको ज्यान जोगाउन सकिएपनि पैसाको बन्दोबस्त गर्न कठिन परेको उनले गुनासो गरे ।

दुई दिनदेखि सुत्केरी बेथाले च्यापेको सीतालाई अस्पताल लैजान नसकेपछि वडा अध्यक्ष बाबुराम लामाले उद्धारको लागि आग्रह गरेसँगै आफूले काठमाडौंबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टर चार्टर गरेर सिन्धुपाल्चोक लगेको सिलवालले जानकारी दिए ।

यसअघि पुस महिना पनि सिलावलले तीन दिनदेखि सुत्केरी बेथाले छटपटाएकी सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका– ९ की ३१ वर्षीया सन्तमाया तामाङलाई हेलिकप्टरबाटै उद्धार गरेर उपचारको व्यवस्था गरेका थिए ।

याे पनि पढ्नुहाेस् : तीनदेखि सुत्केरी बेथा लागेको सन्तमायाको ज्यान जोगाए दीपकले, उधारोमा हेलिकप्टर चार्टर गरे काठमाडौं ल्याए

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 3