सेभियासँग म्यानचेस्टर युनाइटेडको मँहगो हार, च्याम्पियन्स लिगबाट बाहिरियो

  • 232
  •  
  •  
  •  
  •  
    232
    Shares

काठमाडौं, ३० फागुन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्यिन्स लिगबाट बाहिरिएको छ । मंगलबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा सेभियासँग २–१ गोलले पराजित भएपछि युनाइटेडको च्याम्पियन्स लिग यात्रा यो सिजनका लागि टुंगिएको हो ।

सेभियाको जितमा बेन इदेरले दुई गोल गरे । ७४ औं मिनेटमा सब्सिच्यूट खेलाडी बेन इदेरले सेभियाका लागि पहिलो गोल गरे । उनले मैदान प्रवेश गरेको दुई मिनेटमा नै म्यानचेस्टर युनाइटेडको पोष्टमा गोल गरेका हुन् । त्यसको चार मिनेटमा नै पुनः इदेरले गोल गर्दै सेभियालाई २–० को स्थानमा पुर्याए ।

घरेलु दर्शक माझ दुई गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले ८४ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि रामेलु लुकाकुले गोल गरेका थिए । तर त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो ।

यी दुईटिम बिचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 12