२००८ पछि रोमा च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्यो

  • 242
  •  
  •  
  •  
  •  
    242
    Shares

काठमाडौं, ३० फागुन । मंगलबार राति भएको खेलमा सख्तर डोनेस्कलाई अवे गोलका आधारमा हराउँदै इटालियन क्लब रोमाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।

पहिलो लेगमा २–१ ले पराजित भएको रोमा घरेलु मैदानमा दोस्रो लेगमा १–० ले विजयी भयो । १० खेलाडीमा झरेको सख्तर विरुद्ध जित निकाल्ने क्रममा इडेन जेकोको एकमात्र गोल निर्णायक बन्यो ।

दुई लेगमा दुवै टिमको २–२ गोल भएपछि रोमाले अवे गोलको फाइदा उठाउन सफल भयो । रोमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा २००८ पछि पहिलो पटक पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ औं मिनेटमा रोमाका लागि जेकोले गोल गर्न सफल भए ।

एक गोलले पछि परेको सख्तर ७९ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । जेकोलाई लडाएका कारण सख्तरका इभान ओरडेट्स रातो कार्ड खाँदै मैदानबाट बाहिरीए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

99 − = 98