के जनता पोष्टको बिचल्ली भएकै हो त ?

  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । नयाँ  रफ्तार लिएर आएको भन्दै सानोतिनो हल्ला मच्चाएर आएको जनता पोष्ट दैनिक जीवनमरणको दोसाँधमा पुगेको चर्चा पत्रकारहरुबीच चलेको छ । २०७४ माघ १ बाट प्रकाशन सुरु भएको दैनिक सुरुदेखि नै आर्थिक संकटमा परेपछि पत्रकारहरुले पनि धमाधम छाड्न थालेका छन् । अन्य मिडिया हाउस छोडेर पोष्टमा जागिर खान गएका पत्रकारले जनता पोष्ट छोडेर केहीले अन्यत्र जागिर सुरु गरिसकेका छन् भने केही जागिरको खोजीमा रहेको बताइन्छ । अनि केही पत्रकार भने छोड्ने तयारीमा रहेका छन् । नेपालखबर छोडेर पोष्टको सम्पादक बनेका नारायण अमृत पनि अहिले रनभूल्लमा परेको चर्चा छ । अमृतले लिएर गएका पत्रकारहरुले पनि साथ छोडेका बताइन्छ । अमृतले लगेका माधव धिताल, विनोद ढकालहरुको टोलीले छोडिसकेको खबर छ । 

जनता पोष्टमा कार्यरत पत्रकारहरुका अनुसार, पोष्टको व्यवस्थापन टोलीले सुरुको महिना नै पत्रकारलाई तलब दिन गाह्रो प¥यो रे । धेरै पत्रकारले २०७४ पुष १ बाट काम सुरु गरेका थिए । केहीले मंसिर १५ बाट पनि सुरु गरेका थिए । तर, केही लाखबाट पत्रिका प्रकाशन आरम्भ गरेको जनता पोष्टले भनेको समयमा महिनाको तलब नै दिन नसकेको गुनासो बाहिर आयो । पुषको तलब नै ७० दिनपछि पाएपछि पत्रकारहरु असन्तुष्ट बनेका थिए । त्यसपछि पत्रिकाले गति लिने संभावना नभएपछि पत्रकाहरुले जनता पोष्टको भविष्य नदेखे छोड्न थालेका हुन् ।

पत्रिकाको बजार दिनप्रतिदिन गिर्दो छ । बजारमा जनता पोष्ट पत्रिका अहिले समयमा त पुग्दैन नै साथै सबै ठाउँमा पनि पुग्दैन । पत्रकारहरुका अनुसार पत्रिका २ हजार प्रतिभन्दा बढी प्रकाशित हुँदैन जसले गर्दा बजारमा पत्रिका नै पुग्दैन । पोष्टका पत्रकारले पुष महिनाको तलब पाएका भए पनि माघको तलब नपाएको चर्चा छ । जनता पोष्टको जागिर छोड्नेहरुले पनि पूरा तलब नपाएको गुनासो गर्दै  हिंडेका छन् । जनता पोष्टमा दुई महिना पनि जागिर नखाई माधव धिताल, विनोद ढकालसहितको टोलीले निकै अगाडि छाडेको थिए भने शिवराज योगी छोडेर नयाँ पत्रिकामा पुगेका छन् । त्यसैगरी, उजिर कार्की, नारायण अधिकारी, यम बम, रविन प्यासीलगायत छोड्ने तयारीमा रहेको बताइन्छ ।

अझ कतिसम्म भने पत्रिका प्रकाशकको नाम समेत उल्लेख गरिएको छैन । खासमा एउटा सहकारी सञ्चालन गरेर बसेका तेन्जि शेर्पाले जनता पोष्ट प्रकाशनमा ल्याएको बताइन्छ । सुरुमा यति एयरलाइन्सका मालिक आङछिरिङको लगानी रहेको भन्दै हल्ला गरिए पनि त्यसको पुष्टि भने भएन । चावहिलको केएल टावरमा कार्यालय राखेर पत्रिका प्रकाशन भइरहेको छ तर कहिलेसम्म चल्ने हो भन्ने टुंगो छैन । व्यवस्थापनले सुरुमा सम्पादकलाई गाडी दिए पनि अहिले उक्त गाडी स्यालको सिङ् भएको बताइन्छ । साँघु साप्ताहिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 12