राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको फूलको बुके

  • 363
  •  
  •  
  •  
  •  
    363
    Shares

काठमाडौं, ३० फागुन । विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वाचित भएकी छन् । मंगलबार भएको निर्वाचनमा उनी ७४ प्रतिशतभन्दा बढी मत ल्याई विजयी भएकी हुन् ।

अब २०७९ सालसम्म भण्डारी राष्ट्रपतिको पदमा रहने भएकी छन् । यसअघि २०६४ सालमा राष्ट्रपतिमा निर्वाचित भएका डा.रामवरण यादवले सात वर्ष बढी राष्ट्रपतिको कुर्सीमा बसेका थिए । संयोग नै मान्नुपर्छ एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले पनि राष्ट्रप्रमुखमा सात वर्ष नै बिताउने भएकी छन् । यसअघि उनले दुई वर्षे अन्तरिक राष्ट्रपतिको भूमिका निभाइसकेकी छन् । भण्डारी र यादव नाताले सम्धी–सम्धिनी पर्छन् ।

भण्डारी राष्ट्रपतिमा निर्वाचित भएर निर्वाचन आयोगले परिणाम राष्ट्रपति कार्यालयलाई बुझाएलगत्तै प्रधानमन्त्री केपी ओली मंगलबार राति नै शीतल निवास पुगेका थिए । उनी श्रीमती राधा शाक्य, रक्षामन्त्री ईश्वर पोखरेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई बधाई दिएका थिए ।

ओलीले भण्डारीलाई फूलको बुकी दिएर बधाई दिएका थिए । सो क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली निकै खुसी देखिएका थिए । ओलीकै जोडबलमा भण्डारी राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएकी थिइन् । ओली र भण्डारी दुवैको कार्यकाल पाँच–पाँच वर्ष रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 ÷ = 32