कांग्रेसले आज सानेपामा आफ्ना सांसदलाई प्रशिक्षण दिने, प्रतिपक्षमा रहँदा कसरी बोल्ने भन्ने सिकाउने

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं, ३० फागुन । कांग्रेसले संघीय संसद् र प्रदेश संसदमा रहेका आफ्ना सांसदलाई प्रशिक्षण दिने भएको छ । बुधबार बिहान पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यलाई प्रशिक्षण दिन लागिएको हो ।

संघीय र प्रदेश गरी कांग्रेसका १८३ सांसद छन् । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसले प्रतिपक्षी भूमिकामा रहँदा निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा चर्चा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बुधबार बिहान ११ बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा कांग्रो सभापति शेरबहादुर देउवालगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । पार्टीले लिने रणनीतिका बारेमा पनि पार्टीका विभिन्न नेताहरुले प्रशिक्षण दिनेछन् । कांग्रेससँग निकट रहेका बुद्धिजीवी तथा पेसागत क्षेत्रका जानकारहरुले पनि प्रशिक्षण दिने भएका छन् ।

केन्द्रीय समिति बैठक चैत ९ मा

कांग्रेस केन्द्रीय समिति बैठक चैत ९ गतेका लागि बोलाइएको छ । त्यसअघि कांग्रेस विविध कार्यक्रममा व्यस्त रहने भएको छ । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा चैत ७ गते देश तथा विदेशमा रहेका सबै समितिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई कार्यक्रम गर्न कांग्रेसले परिपत्र गरेको छ ।

सिटौलाको भेला छुट्टै

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज आफू निकट नेता कार्यकर्ताको छुट्टै भेला राखेका छन् । रामशाहपथ बग्गीखानास्थित योगम्बर पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा नेपाली कांग्रेसलाई समय सापेक्ष र बदलिँदो परिस्थितिअनुसार चुनौतीहरुलाई चिर्न सक्ने संगठन कसरी बनाउने भन्ने छलफल हुनेछ ।

कार्यक्रम बिहान १० बजेबाट सुरु हुने बताइएको छ । चुनावमा पार्टीको पराजय भएपछि संगठित भएर पार्टी संगठनलाई चलायमान बनाउनुपर्ने तथा पार्टीको नेतृत्वका बारेमा समेत प्रश्न उठाउँदै आएकाहरुलाई समेत कार्यक्रममा निम्त्याइएको बताइएको छ । सिटौला हालै प्रदेश नम्बर ७ मा पार्टी कार्यक्रमहरुमा सहभागी भई काठमाडौं आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 3