मिस्टर परफेक्सनिस्ट अर्थात् आमिर खानको आज जन्मदिन, ५३ वर्ष लागे

  • 529
  •  
  •  
  •  
  •  
    529
    Shares

एजेन्सी, ३० फागुन । बलिउडमा ‘मिस्टर परफेक्सनिस्ट’ का नामले परिचित आमिर खान आज आफ्नो ५३औं जन्मदिन मनाउँदैछन् । ‘कयामत से कयामत तक’ फिल्मबाट डेब्यु गरेका आमिर बलिउडमा भर्सटाइल छवि भएका अभिनेता मानिन्छन् । उनी अभिनय, फिल्म निर्माणका साथै निर्देशकसमेत हुन् ।

‘यादो कि बारात’, ‘मासुम’ फिल्मका बालकलाकार आमिर यतिखेर ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनय गरिरहेका छन् । आदित्य चोपडाले निर्माण गरेको यो फिल्ममा उनी पहिलोपल्ट अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दैछन् । दुवैले फिल्ममा ठग्सको भूमिका निर्वाह गरेका छन् । यो फिल्म आगामी दीपावलीमा रिलिज हुने छ ।

सन् १९८८ मा रिलिज भएको ‘कयामत से कयामत तक’ देखि २००१ को ‘लगान’ सम्म आइपुग्दा आमिर खानको फिल्मी क्यारियर सामान्य नै थियो । ‘लगान’ पछि भने आमिर निकै चर्चित बने । त्यसपछि राजकुमार हिरानीको ‘थ्री इडियट’ र ‘पिके’ ले आमिरको क्यारियर शीर्ष स्थानमा पुर्‍याइदियो । आमिर अभिनित ‘दंगल’ र ‘धूम ३’ बलिउडको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

सुरुमा लभर ब्वाइको छवि बनाएका आमिर अहिलेसम्म आइपुग्दा हरेक चरित्र निकै उत्कृष्ट ढंगले अभिनय गर्न सक्नेमा पर्छन् । आमिरको पहिलो निर्देशकीय ‘तारे जमिन पर’ फिल्म निकै चर्चित बन्यो । व्यक्तिगत जीवनमा भने उनी विवादस्पद नै मानिन्छन् । सुरुमा भाइ फैजल खानलाई निकै दुःख दिएको आरोप खेपेका आमिरले दुईवटा बिहे गरे । उनी अहिले कान्छी श्रीमती किरण रावसँग बस्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 ÷ = 8