कस्तो केटीसँग विवाह गर्न चाहन्छन् गौरब पहाडी ?(भिडियो अन्तर्वार्ता)

  • 220
  •  
  •  
  •  
  •  
    220
    Shares

इन्दु पाण्डेय

काठमाडौं, ३० फागुन । चलचित्र ’होस्टेल’ र ’गाजलु’बाट दर्शकको मन जित्न सफल नायक हुन् गौरब पहाडी । बाल्यकालदेखि नै नायक बन्ने सोच राखेका गौरबले ‘प्लस टू’को अध्ययन सके लगत्तै भारतको मुम्बईमा अभिनय सिकेका थिए ।

धेरैपटक मुम्बईमा कमर्सियल्स र टेलिशृंखलाका लागि अडिसन दिएका गौरबलाई नेपाली भएका कारण रिजेक्ट गरिँदा धेरै संघर्ष गर्नु परेको थियो । तर, नेपालमा भने उनले आफ्नो कला र अभिनयको राम्रो तारिफ पाएका छन् ।

पछिल्लो समय सार्वजनिक ‘सुन साइँली’ बोलको गीतमा साइँलाको भूमिका निभाएका गौरबले उक्त गीतबाट ठूलो सफलता हासिल गरेका थिए । तर, उनले दर्शकबाट त्यति धेरै मायाको आश नगरेको बताउँछन् ।

विदेशी भूमिमा दिनरात मिहेनत गर्ने हाम्रा कयौँ नेपाली युवाहरुको कथामा आधारित यस गीतमा परदेशी साइँलाको अभिनय गरेका उनलाई बाटोमा भेट्ने दर्शक तथा फ्यानहरुले ‘साइँला’को नामले बोलाउँदा आफूलाई धेरै खुसी लाग्ने गरेको अनुभव सुनाए ।

हाल नायक भएर अभिनय गरिरहेका गौरब अब भने निर्माताको रुपमा देखिने भएका छन् । जी एच इन्टरटेनमेन्टको ब्यानरमा रहेर उनले छिट्टै चलचित्र ‘साइँली’ बनाउन उनले मिडिया एनपीसँग बताए ।

आफू अविवाहित रहेको बताउने गौरबले आफ्नो हुनेवाला जीवनसाथी समझदार, आदर र माया गर्ने चाहेको बताए । उनका ’मिस्टर भर्जिन’ र ’कुम्भाकरण’ चलचित्र प्रदर्शनको पर्खाइमा रहेका छन् ।

भिडियाे : शंकर गिरी/मिडिया एनपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 4