स्वास्थ्यमा समस्या देखिएपछि चर्चित गायक उदितनारायण झा अस्पताल भर्ना

  • 112
  •  
  •  
  •  
  •  
    112
    Shares

काठमाडौं, ३० फागुन । चर्चित गायक उदितनारायण झा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । ६२ वर्षीय गायक झाको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईको एक अस्पतालमा भर्ना भएका हुन् ।

उनको पिसावमा इन्फेक्सन भएको तथा मधुमेह बढेको रिपोर्टमा देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एक महिना अघि पनि अस्पताल भर्ना भएका गायक झाको दुई दिन मधुमेह बढेको थियो ।

उनी मधुमेह र उच्च रक्तचापबाट पीडित हुँदै आएका छन् । मधुमेह र उच्च रक्तचापका कारण अहिले पिसावमा इन्फेक्सन देखिएको भारतीय मिडियाले जनाएको छ । भारत सरकारबाट पद्मश्री अवार्ड प्राप्त गायक झाले करि ३० भाषामा १५ हजार गीत गाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 ÷ 15 =