नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ ग्रहण

  • 465
  •  
  •  
  •  
  •  
    465
    Shares

काठमाडौं, ३० फागुन । विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार राष्ट्रपति पदको पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीलत निवासमा बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उच्च प्रशासक, संवैधानिक अंगका प्रमुखहरु, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अंगका प्रमुखहरुलगायतका व्यक्तिको उपस्थिति थियो ।

२०७२ कात्तिक ११ गते मुलुकको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले बुधबार पाँच वर्षे कार्यकालका लागि सपथ ग्रहण गरेकी हुन् ।

कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरेकी उनले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी थिइन् । राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनको प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार राईले ११ हजार ७३० मतभार पाएकी थिइन् ।

राष्ट्रपति पदका लागि भएको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सांसद्हरु मतदाता रहेका थिए । ८८० जना मतदाता रहेकामा ८३२ जनाले मात्रै मतदान गरेका थिए । संघीय संसदको एक सदस्यको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ मानेर गरिएको उक्त निर्वाचनमा संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेश सभाका ५ सय ४९ मध्ये ५ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संघीय संसदका ५ र प्रदेशसभाका १३ सदस्यले मतदान गरेनन् । संघीय संसदको ३ र प्रदेश संसदको ५ मत बदर भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7