टुँडिखेलमा मानिसको भेला भगवान बुद्धको जन्मस्थल प्रमाणित गर्न नभइ प्रचार प्रसारका लागि– गायक धीरज राई (भिडियो)

  • 406
  •  
  •  
  •  
  •  
    406
    Shares

काठमाडौं, ३० फागुन । यही फागुन १९ गते काठमाडौंको टुँडिखेलमा हजारौं मानिस जम्मा भएर एकैपटक भगवान गौतम बुद्धको वचन ‘वाचन’ गरिएको थियो । यसको अगुवाइ गरेका पत्रकार रवि लामिछाने र गायक धीरज राइले ।

कतिपयले सो कार्यक्रमको औचित्यमाथि प्रश्न उठाए । बुद्ध नेपालमै जन्मेका हुन भन्नका लागि मानिस भेला पार्नु अनावश्यक रहेको उनीहरुको तर्क थियो । तर, गायक धीरज राईले बुद्धको जन्मस्थल प्रमाणित गर्न नभइ विश्वभर एकैपटक बुद्धको प्रचार प्रसार गर्न मानिस भेला पारेको बताए । मिडिया एनपीसँगको कुराकानीमा गायक धीरजले बुद्धकोबारेमा फैलाइएको भ्रम चिर्न उक्त भेला फलदायी हुने दाबी गरे ।

 ‘एकैपटक हजारौं मानिसलाई भेला गराएर बुद्ध वचन वाचन गराएर विश्व रेकर्ड कायम गराउने उक्त अभियानको उद्देश्य बुद्ध नेपालमा जन्मिएका हुन् भनेर प्रमाण गर्नु नभई प्रचार प्रसार गर्नु हो’, उनले भने, ‘यस अभियानबाट विश्वले सिक्ने भनेको दुईवटा कुरा छन्, त्यसमध्ये एक त बुद्धको जन्म भारत अथवा अन्य राष्ट्रमा भएको हो भन्ने उल्लेख गरिएका पुस्तकहरु परिवर्तन हुन्छन, अर्को कुरा हामी नेपाली जति सहनशील छाँै त्यति नै धावा बोल्न सक्छौँ भन्ने पनि हो

‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने मूल मन्त्रको प्रचार प्रसारमा फागुन १९ गते शनिबारका दिन टुँडिखेलमा करिब एक लाख मानिसलाई भेला गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 72 = 81