जन्मदिनको आँचललाई पल शाहको उपहार– ‘जीवनभर साथ दिन्छु’ (भिडियो)
6K - 6KShares
काठमाडौं, ५ चैत । शत्रुगतेकी नायिका आँचल शर्माले सोमबार आफ्नो २१औं जन्मदिन मनाएकी छन् । नयाँबानेश्वरस्थित रेडियो अडियोको कार्यालयमा उनले जन्मदिन मनाएकी हुन् । रेडियो अडियोले सरप्राइजको रुपमा आँचलको जन्मदिन मनाइदिएको हो ।
आँचलले पहिलोपटक युकेजी अध्ययनरत अवस्थामा केक काटे पनि त्यस यता केक काटेर जन्मदिन मनाएकी थिइँनन् । मिडिया एनपीसँगको कुराकानीमा नायिका आँचलले भनिन्, ‘त्यति बेला सानो केक पनि कत्ति ठूलो जस्तो देख्थेँ सायद पहिलोपटक केक काट्दाको खुसीले होला ।’
जन्मदिन सबैका लागि उत्साहजनक हुन्छ, त्यो स्वाभाविक पनि हो । तर, घर परिवार, चलचित्रकर्मी, पत्रकार, सुभेच्छुकको साथमा जन्मदिन मनाइरहेकी नायिका आँचल भने उदास देखिन्थिन् ।
कारण थियो, चलचित्रका सहयात्री पल शाहले भेटेर शुभकामना नदिएकोमा । तर, उनको यो अवस्था धेरैबेर टिकेन । मिडिया एनपीले दुवैजनालाई राखेर अन्तर्वार्ता लिनेक्रममा पलले आँचललाई जन्मदिनको शुभकामना दिए । सोहीक्रममा पलले आँचलाई जीवनभर साथ दिने बाचा समेत गरे ।
आइतबार शत्रुगतेको पत्रकार सम्मेलनमा गरिएको एउटा प्रश्नबाट विवादमा परेकी नायिका आँचलले आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन् ।
किस, मदिरा र बेडसिनको दृश्य नदिने बताउँदै आएकी आँचललाई शत्रुगतेमा मदिरा पिएको दृश्यको सम्बन्धमा प्रश्न गरिएको थियो । उनले आफूले मदिरा नभएर पानी पिएको दाबी गरेकी थिइन् । सोमबार मिडिया एनपीसँग पनि उनले सोही दाबी दोहो¥याइन् ।
नायिका आँचल शर्माको आज जन्मदिन, २१ वर्ष लागिन्
फेसबुकबाट तपाईको प्रतिक्रिया
