हामी माओवादी होइनौं, आफ्नो अडानमा कायम छौंः लक्ष्मणलाल कर्ण (भिडियो)

  • 265
  •  
  •  
  •  
  •  
    265
    Shares

काठमाडौं, १० चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नभएको बताएका छन् । मिडिया एनपी टिभीसँगको कुराकानीमा उनले अहिले नै सकारमा जाने पार्टीको कुनै योजना नभएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलहरूलाई समेत समेट्ने प्रयत्न गरिरहेका छन् । यद्यपी राजपाले मधेस आन्दोलनका समयमा लागेका मुद्धा फिर्ता नभएसम्म र संविधान संशोधन नभई सरकारमा नजाने बताएको छ ।

‘मुद्धा फिर्ता र संविधान संशोधनको कुरै नभइकन हामी सरकारमा जान मिल्दैन । मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेकाहरूको सम्मान हामीले गरेनौं भने भने कसले गर्छ,’ उनले भने, ‘हामी विना शर्त सरकारमा जाने हो भने, माओवादी र हामीमा के फरक रह्यो र ? माओवादी आन्दोलनमा १७ हजार मान्छे मरे, अहिले उसले सबै कुरा विर्सियो । हामीले आन्दोलनमा योगदान गरेकाहरूलाई विर्सने हो भने टिकाउ राजनीति हुन सक्दैन ।’

उनले समृद्धी प्राप्त गर्न देशभित्रको समस्या समधान गर्नुपर्ने बताए । त्यसका लागि एमाले तयार हुनुपर्ने उनको भनाई छ ।

हेर्नुहोस् भिडियोः

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

79 − = 69