एमाले नेता भीम आचार्य भन्छन्, भोजभतेरमा रमाउनु भयो भने मुख्यमन्त्री शेरधन राई सकिनु हुन्छ (भिडियो)

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं, ११ चैत । एक महिनाअघिसम्म एमाले नेता भीम आचार्य र शेरधन राईबीच को प्रदेश १ को मुख्यमन्त्री बन्ने भन्ने प्रतिस्पर्धा थियो । प्रदेश १ को एमाले संसदीय दलको नेता निर्वाचनमा राईले आफूभन्दा सिनियर आचार्यलाई दुई मतले पराजित गरे ।

उनले आफू अन्तर्घातकै कारण पराजित भएको निष्कर्ष निकालेका छन् । ‘घात, अन्र्तघात निर्वाचन र राजनीतिमा जे हुँदै आएका छन् । सबैले यही भनिरहेका छन्, होला भन्नु पर्‍यो । गोप्य मतदानमा कसले के गर्यो भन्ने मैले देखिनँ । तर सबै साथीभाइहरूको निष्कर्ष यही छ,’ आचार्य भन्छन् ।

प्रदेश सरकार बनेको एक महिना बितिसक्दा पनि कुनै ठोस काम नभएको उनको मूल्यांकन छ । आफू पराजित भए पनि मुख्यमन्त्री राईलाई हरदम सहयोग गर्न तयार रहेको उनले बताए । ‘मैले उहाँलाई स्पष्ट भनेको छु, तपाई अघि बढ्नुहोस् मेरो पूरा सहयोग रहन्छ । सबैको सहयोग लिने वातावरण बनाउन भूमिका खेल्ने तपाईको जिम्मेवारी हो,’ उनले भने ।

प्रदेश सरकार बनेको एक महिनाभन्दा बढी भइसक्दा यस बीचमा केही कुरा पूरा हुनुपर्नेमा नभएको उनको भनाइ छ । ‘औपचारिक कार्यक्रममा गएर भाषण गर्ने, भोजभतेर गर्ने खालका कुराले सरकारका कामलाई दुष्प्रभावित पार्छ । यो बीचमा सम्पूर्ण रूपमा आफ्नो गृहकार्य गर्ने र आधार तयार गरेर अघि बढ्नुपर्छ । जनता पर्खने मनस्थितिमा छैनन् । जनतालाई छिटो चाहिएको छ,’ उनले भने, ‘उद्घाटन, भाषण, भोजतिर धेरै गइरहने हो भने सरकार फेल हुन्छ । शेरधन राई सकिनु हुन्छ, त्यसो नगर्नु भनेको छु ।’

जनताले ६ महिनामा परिणाम खोज्न थाल्ने भएकाले हामीले त्यो समय अलमलमा बिताउन नहुने उनको सुझाव छ । अबको पाँच वर्षमा कुनै इफ, बट नलगाईकन सरकारले मध्यपहाडी लोकमार्ग चार लेनको बनाउनुपर्ने, हुलाकी राजमार्ग चार लेनको, मेची महाकाली पूरा हुनुपर्ने, पूर्वपश्चिम राजगर्मा ६ लेनको बनाउनुपर्ने, उत्तर दक्षिण नाका जोडिनुपर्ने, फास्ट ट्रयाक पूरा हुनुपर्ने, पूर्वपश्चिम रेलमार्ग सुरू भएर निकै अघि बढेको अवस्था हुनुपर्ने, काठमाडौंमा मोनो रेल, मेट्रो रेल सुरू हुनुपर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 − 77 =