सन्जिवको ‘देखेर तिमीलाई’ सार्वजनिक (भिडियो)

  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं ११ चैत । प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टा धेरै छन् । यो संख्यामा अझ युवापुस्ताको संख्या उल्लेख्य छ । युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिवकोे पहिलो गीत ‘देखेर तिमीलाई’मा सन्जिवकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ ।

फोटोग्राफर कमल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । हिप हप र्‍याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

98 − 89 =