माओवादीका पूर्वनेता लोकेन्द्र विष्ट कालो चामल व्यापारमा, प्रतिकिलो ५ सय रुपैयाँ

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौँ, १४ चैत । माओवादीका पूर्वनेता लोकेन्द्र विष्ट मगर ‘कालो धान’ खेतीमा लागेका छन् । पूर्वमन्त्री समेत रहेका विष्ट सक्रिय राजनीति छाडेर कृषि पेसामा आएका हुन् । उनले रुकुममा नौ विगाहमा जमिनमा कालो धान खेती गरेका छन् ।उनका अनुसार परविगाह तीनदेखि साढे तीन पुरीसम्म धान फल्ने गर्छ ।

नागरिकको पहुँचबाट टाढा र महङ्गो भएको भन्दै राजनीति छाडेको बताउने मगरले रुकममा उत्पादन गरिएको कालो धानको चामल बेच्न गरेका छन् । कालो चामल स्वास्थ्यका लागि निकै उपयोगी र महङ्गो छ । मगरले कालो चामल खुद्रा मूल्य प्रतिकिलो पाँच सय र होलसेल मूल्य प्रतिकिलो चार सय रहेको जानकारी दिए ।

कालो चालम अनलाइन विक्रिमा पनि राखिएको छ । उनले कालो धानको बिऊ पनि बेच्ने गरेका छन् । कालो धानको बिऊको खुद्रा मूल्य प्रतिकिलो ६ सय र होलसेल मूल्य प्रतिकिलो ५ सय रुपैयाँ रहेको मगरले मिडिया एनपीलाई जानकारी दिए ।

कालो चामल स्वास्थ्यबद्र्धक मानिन्छ । सेतो चामल मधुमेहलाई खान नहुने भएपनि कालो चामल भने खान हुन बताइन्छ । कालो चामलले क्यान्सर, मधुमेह, मुटुजन्य रोगीलाई लाभदायिक हुने बताइन्छ ।

तत्काल राजनीतिमा नआउने

पूर्व सभासद् तथा पूर्वमन्त्रीसमेत रहेका लोकेन्द्र विष्ट मगर माओवादी पार्टीबाट राजनीतिक गर्दागर्दै कृषि पेसामा लागेका हुन् । तत्काल राजनीतिमा नआउने बताएका उनले राजनीतिक नागरिकको पहुँचबाट टाढा रहेको बताए । अन्य दुई जनासँग मिलेर कृषि व्यवसायमा लागेका मगर राजनीति निकै महङ्गो समेत रहेको बताए ।

‘तत्काल सक्रिय राजनीतिमा आउने सोच छैन’, मिडिया एनपीसँग मगरले भने, ‘पछि के हुन्छ अहिले भन्न सकिँदैन । अहिले कै अववस्थामा सक्रिय राजनीतिमा भने आउँदिन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =