चलचित्र ‘नेप्टे’को गीत ‘आँखा छ चिम्रो’ सार्वजनिक

  • 245
  •  
  •  
  •  
  •  
    245
    Shares

काठमाडौं, १५ चैत । यही चैत ३० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नेप्ट’को गीत ‘आँखा छ तिम्रो’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक उक्त गीतमा भिषण राई र दीपा लामाको स्वर रहेको छ । गीतमा शब्द सृजना, संगीत भने नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ ।

सो गीतको भिडियो रोहितसँगै बुद्धि तामाङ ‘हैट’, अर्जुन गुरुङ र नायिका पूर्णिमा लामालाई फिचर गरिएको छ । यस गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

यसअघि नेप्टेको ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीत र ट्रेलर सार्वजनिक भएको थियो । देव कुमार श्रेष्ठले निर्देशनमा तयार भएको सो चलचित्रमा चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 − = 20