सन्तोष श्रेष्ठको ‘गन्तव्य’मा प्रकाशको साथ

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, २२ चैत । संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीति एल्वम ‘गन्तव्य’ सार्वजनिक गरिएको छ । उनलाई साथ दिएका छन्, गीतकार प्रकाश केसीले । प्रकाशको शब्द सृजना र सन्तोषको संगीत रहेको उक्त एल्वम् दुवैजना मिलेर सार्वजनिक गरेका हुन् ।

विगत डेढ दशकदेखि आधुनिक सगीतको क्षेत्रमा सहकार्य गर्दै आएका उनीहरुले सार्वजनिक गरिएको उक्त एल्वम्मा ६ वटा गीत समावेश गरिएको छ ।

कामना डिजिटलको प्रस्तुति रहेको ‘गन्तव्य’मा विभिन्न गायक गायिकाले स्वर दिएका छन् । जसमा मनोज राजको स्वरमा ‘रगत पनि बग्दैन’, अन्जु पन्तको स्वरमा ‘जताजता दियो बाल्छु’, प्रमोद खरेलको स्वरमा ‘जब आफ्नो मनको मान्छे’ कृष्णभक्त राईको स्वरमा ‘म अधेरी रात अधेरी’, अन्जु पन्तकै स्वरमा ‘तिम्रो माया मुटु रेट्ने’ र मन्जु उपासनाको स्वरमा ‘मुटुमा चोट दियौ’ बोलका गीत रहेका छन् ।

रेडियो नेपालद्वारा आयोजित राष्ट्र व्यापी खुला आधुनिक संगीत प्रतियोगिता २०७४ मा संगीतकार सन्तोष उत्कृष्ट बन्न सफल भएका छन् भने प्रकाश केसी रेडियो नेपालकै आधुनिक संगीत प्रतियोगिता–२०७३ मा सर्वोत्कृष्ट गीतकार भएका भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 − = 57