निर्देशनमा जम्दै गायक तुला पर्वत

  • 418
  •  
  •  
  •  
  •  
    418
    Shares

काठमाडौं, २७ चैत । गायक तथा संगीतकार तुला पर्वतले म्युजिक भिडियो पनि निर्देशन गर्न थालेका छन् । गायक तथा संगीतकारका रुपमा स्थापीत भइसकेका निर्देशनमा राम्रो गर्न सक्ने क्षमताका देखिन्छन् । हालै उनले आफ्नो निर्देशनमा तयार भएको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

झलेन्द्र शर्माको शब्द सृजनामा तयार भएको म्युजिक भिडियोमा मोडलद्वय श्रीषा कुँवर, विनोद न्यौपाले र राज केपी जिवन्त अभिनय गरेका छन् ।

उक्त भिडियोमा पछिल्लो पुस्ताको माया प्रेममा हुने धोका र पीडालाई नजिकबाट केलाउन निर्देशक तुला सफल देखिन्छन् । पोखरा आसपासका क्षेत्रमा खिचिएको म्युजिक भिडियो सबैले रुचाउनेमा निर्देशक तुला आशावादी छन् ।

सो म्युजिक भिडियोमा पुष्कर सुनुवारको एरेन्ज रहेको छ भने छायांकन अर्जुन सापकोटाले गरेका हुन् । मोती कार्कीले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 4