सेवाग्राहीले घुस मागेपछि कार्यकक्षमै थुनिदिएका अधिकृत डाको छोडेर रोए

  • 170
  •  
  •  
  •  
  •  
    170
    Shares

रामेछाप, २७ चैत । रामेछापमा सेवाग्राहीले घुस मागेपछि जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा थुनिदिएका छन् । सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस मागेपछि मगंलवार दिउँसो उनलाई कार्यकक्षमै थुनेका हुन् ।

सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमतिका लागि ५ लाख रुपैयाँ घुस मागेपछि आक्रोशित सेवाग्राहीले उनलाई कार्यकक्षमै थुनेका हुन् । सेवाग्राहीले कार्यकक्षमा ताल्चा लगाएर थुनिदिएपछि अधिकृत ठाकुर डाको छोडेर रोएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 ÷ = 78