तीन महिनासम्म सर्वेन्द्र खनाललाई ‘स्यालुट’ नगरेरै बिदा भए डीआईजी रमेश खरेल

  • 2.3K
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

काठमाडौं, २८ चैत । डीआईजी सर्वेन्द्र खनाललाई सरकारले आईजीपीमा बढुवा गरेपछि डीआईजी रमेश खरेलले बुधबार राजीनामा दिएका छन् ।

गएको साउन महिनामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)बाट सर्वेन्द्र र रमेशलाई डीआईजीमा सरकारले बढुवा गरेको हो । सरकारले बढुवा गर्दा सर्वेन्द्रलाई एक नम्बरमा राखेको थियो ।

बढुवाका क्रममा सर्वेन्द्र महानगरीय ट्राफिक प्रहरी महाशाखामा थिए भने रमेश यूएन मिसनमा थिए । रमेशले मिसनमै डीआईजीको फुली लगाए ।

महानिरीक्षक प्रकाश अर्यालको कार्यकाल सकिन तीन महिना बाँकी रहँदा आईजीपीका दाबेदार मानिएका रमेश मिसन छाडेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि उनी आईजीपीको सचिवालयमा खटिए ।

एसएसपीबाट डीआईजी बढुवा सिफारिसमा सरकारले बढुवा सूचीमा एक नम्बरमा सर्वेन्द्र खनाल र दोश्रो नम्बरमा रमेश खरेललाई राखिएको थियो । गृहमन्त्रालयले १५ जना एसएसपीको बढुवा सिफारिस गर्दा सर्वेन्द्रलाई ८४.४७३४ नम्बर सहित पहिलो नम्बरमा राखेको थियो भने दोस्रो नम्बरमा परेका रमेशलाई ८३.८५१० नम्बर दिइएको थियो । जसअनुसार रमेशभन्दा सर्वेन्द्र सिनियर देखिए ।

बढुवा हुँदा यूएन मिसनमा रहेका रमेश स्वदेश फर्केपछि सचिवालयमा खटिए । तर, यसबीचमा सर्वेन्द्र र रमेशको भेट भएन । सर्वेन्द्रलाई भेट्दा स्यालुट गर्नुपर्ने भएपछि रमेशले भेट गर्न नचाहेको समेत बताइन्थ्यो । तर, मंगलबार सरकारले एक नम्बरका सर्वेन्द्रलाई आईजीपीमा नियुक्त गर्‍यो । त्यसपछि रमेशले सर्वेन्द्रलाई नभेटी बुधबार डीआईजी पदबाट राजीनामा दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “तीन महिनासम्म सर्वेन्द्र खनाललाई ‘स्यालुट’ नगरेरै बिदा भए डीआईजी रमेश खरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1