नापी कार्यालय उदयपुरका प्रमुख ५० हजार घुससहित पक्राउ

  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं, २९ चैत । नापी कार्यालय उदयपुरका प्रमुख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी प्रमुख श्यामबाबुप्रसाद साहलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।

सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले दुई लाख रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीको तीन कठ्ठा जग्गाको नक्सा सुधार संशोधन गर्ने भन्दै साहले सुरुमा पाँच लाख रुपैयाँ घुस मागेको बुझिएको छ । ठुलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 77 = 84