सलमानसँग मेरो तुलना हुन सक्दैनः बरुण धवन

  • 353
  •  
  •  
  •  
  •  
    353
    Shares

काठमाडौं, २९ चैत । बरूण धवनको फिल्म ‘अक्टूबर’ भोलीबाट रिलिज हुँदैछ । फिल्मको प्रोमशनका लागि बरुणले कुनै कसर बाँकी राखेका छैनन् ।

पछिल्लो दिनमा वरुण कालो हरिण मारेको मामलामा सलमान खानको पक्षमा उभिएका छन् । हालै उनको तुलना सलमानसँग गरिएको थियो । तर उनले सलमानसँग आफ्नो तुलना हुन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘सलमान ठूलो दिल भएका असल मान्छे हुन् । उनीसँग मेरो तुलना हुनै सक्दैन ।’

उनले बलिउडमा सलमान जस्तो अर्को कोही नभएको बताउँदै उनी जस्तो कोही बन्न नसक्ने बताएको छ । ‘अक्टूबर’मा बरुण निकै फरक लुकमा देखिनेछन् । फिल्मलाई शूजिन सरकारले निर्देशन गरेका हुन् । बरुणसँग बनिता सन्धू समेत देखिनेछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 12