भारतीय दूतावासको एमाले–माओवादी केन्द्र एकतासम्बन्धी दस्ताबेज पुगेपछि खैलाबैला, किन टाढिँदैछन् नेताहरू ?

  • 149
  •  
  •  
  •  
  •  
    149
    Shares

काठमाडौं, २९ चैत । आगामी वैशाख ९ गते कम्युनिस्ट पार्टी गठन भएको दिन ‘एकता’ गर्ने भनेर गृहकार्यमा लागेका एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू आपसमा टाढिँदै गएका छन् । मंगलबार र बुधबारका लागि तय भएको एकता संयोजन समितिको बैठक स्थगित भएपछि दुवै पार्टीमा संशय पैदा भएको छ, कतै नेताहरूबीच दूरी बढ्दै गएको त छैन भनेर ।

एमाले र माओवादी केन्द्रबीचको एकतामा चुनाव चिन्ह, दुई पार्टीका संख्या प्रतिशत र जनयुद्ध राख्ने कि नराख्ने भन्ने विषयमा अझै विवाद छ । यही विवादका कारण लगातार तोकिएको बैठक स्थगित हुँदै आएका छ । खासगरी, एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनेका कार्यदलले तयार पारेका दस्तावेजहरू भारतीय दूतावासमा पुगेको विषयले अहिले दुवै पार्टीमा हलचल उत्पन्न भएको बुझिएको छ ।

एमाले नेता माधव नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माण कार्यदल र माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले पार्टी एकीकरणका लागि तयार पारेको दस्तावेज भारतीय दूतावास पुगेपछि अहिले सो दस्तावेज कसले त्यहाँ पु¥यायो ? भनी ती नेताको खोजी सुरु भएको छ । दुवै कार्यदलले ४२ पृष्ठको पार्टी एकतासम्बन्धी प्रतिवेदन तयार गरेका थिए ।

पार्टी एकीकरणका लागि बनेका दस्तावेजहरू एमाले र माओवादी केन्द्रका नेताहरूले सार्वजनिक गरेका थिएनन्, तर भारतीय दूतावासका कर्मचारीले केही आफू निकट पत्रकारलाई ती दस्तावेज उपलब्ध गराएपछि एमाले र माओवादी केन्द्रका नेताहरूबीच एक–आपसमा शंका–उपशंका सुरु भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओली भारत जानुभन्दाअघि दुवै दलका नेताहरूबीच बैठक बसेको थियो । बैठकले नमिलेका विषय टुंगो लगाएर वैशाख ९ गते टुँडिखेलमा दुई लाखभन्दा बढी जनता उतारेर पार्टी घोषणा गर्ने आन्तरिक सहमति गरेको थियो । तर, प्रधानमन्त्री ओली भारतबाट फर्केको पाँच दिन भइसक्दा पनि नेताहरूबीच संवादसमेत सुरु भएको छैन ।

बिहीबार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते नै पार्टी एकता हुने बताएका छन् । श्रीमती सीता दाहालका भाइ महाप्रसाद पौडेलको श्रद्धाञ्जली सभामा प्रचण्डले बिहीबार बिहान मात्र प्रधानमन्त्री ओलीसँग टेलिफोनमा कुराकानी भएको र पार्टी एकता भएरै छाड्ने उल्लेख गरेका थिए । पार्टी एकताको विषय गम्भीर र समय लाग्ने भएकाले अलि ढिलाइ भएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 4