२०७५ मा धुर्मुसले क्रिकेट रंगशाला बनाउने, करिश्मा मानन्धरले एसइई परीक्षा दिने

  • 209
  •  
  •  
  •  
  •  
    209
    Shares

काठमाडौं, ३० चैत । पछिल्लो समय दुई नेपाली कलाकार आ–आफ्नो कर्मका कारण चर्चित छन् । ती दुवै कलाकार आफ्नो पेसा व्यवसायभन्दा अन्य कर्मका कारण चर्चामा आएका हुन् । ती हुन् करिश्मा मानन्धर र सीतारामा कट्टेल धुर्मुस ।

करिब तीन वर्षअघि भूकम्प गएपछि सीताराम कट्टेलको जिन्दगीको ट्रयाक नै चेन्ज भयो । नेपाल टेलिभिजनमा आउने ‘मेरी बास्सै’ निर्माण र अभिनय छाडेर उनी समाजसेवामा लागे । उनले काभे्रे र सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि नमुना बस्ती निर्माण गरे ।

महोत्तरी र रौतहटमा मुसहर र दलित बस्तीमा एकीकृत नमुना बस्ती बनाए । ललितपुरमा ‘नमुना नेपाल’ बनाउन छाडेर उनी अहिले ‘लर्ड बुद्ध क्रिकेट स्टेडियम’ बनाउन लागेका छन् । २०७५ सालमा क्रिकेट रंगशालाले आकार पाउने उनको भनाइ छ । त्यसका लागि अहिले उनी विभिन्न जिल्लामा उपयुक्त जग्गा हेर्न गइरहेका छन् ।

यस्तै, चलचित्र अभिनय र निर्माणमा लागेर नाम कमाएकी करिश्मा मानन्धर अहिले नयाँ शक्ति पार्टी नेपालसँग आबद्ध छिन् । पार्टी राजनीतिमा लागेपछि उनको चलचित्र अभिनय करिब करिब बन्दको स्थितिमा पुगेको छ । तैपनि उनी चलचित्रसँग सम्बन्धित गतिविधिमा सहभागी भने भइरहेकी छन् ।

२०७५ सालमा उनले १० कक्षा पास गर्ने संकल्प लिएकी छन् । यस वर्ष उनले कक्षा ९ को परीक्षा दिइन् । अर्को वर्ष एसइई उत्तीर्ण गरेपछि उच्च अध्ययन गरेर विद्यावारिधि गर्ने सपना करिश्माले लिएकी छन् । सोही कारण आफूले धेरै समय अहिले पढाइलाई दिएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

52 − 48 =