बलिउडका आठ हिरोइन, जो पति भन्दा बढी चर्चित छन्

  • 127
  •  
  •  
  •  
  •  
    127
    Shares

काठमाडाैं,  १ वैशाख  ।  फिल्म क्षेत्रमा अभिनेताको तुलनामा अभिनेत्रिहरुसँग आफ्नो करियर बनाउने समय कम हुने गरेकाे बताइन्छ । अभिनेताहरु लामो समयसम्म पनि चलचित्र क्षेत्रमै राज गरिरहेका बेला अभिनेत्रीहरु भने  बिवाह पछी घर परिवार सम्हाल्नमा हुन्छन् । तर केहि यस्ता अभिनेत्रीहरु पनि छन् जो आफ्ना बिजनेस म्यान श्रीमान भन्दा बढी चर्चित छन् ।

 दीया मिर्जा-साहिल सांघा :

बलिउड फिल्म क्षेत्रमा दिया मिर्जा आफैमा एक चर्चित नाम हो । त्यस्तो त दियाले चलचित्र क्षेत्रबाट पुरै हात धोइ सकेकिछन् । उनका फ्यान उनलाई कुशल अभिनेत्रीकारुपमा आज पनि याद गर्ने गर्छन । दिया केहि समय पहिले बिजनेस म्यान साहिल साँघासँग बैवाहिक सम्बन्धमा बाँधिएकी थिइन । मिडियामा त्यति नदेखिने साहिल दियासँग बेला बेला अवार्ड कार्यक्रममा आउने गर्छन ।

अनिल थडानी- रवीना टन्डन :

रबिना आफ्नो एक्टिङ करियर देखि आजसम्म पनि फिल्म क्षेत्रमा एक्टिभ छन् । पपुलारिटीका हिसाबमा रबिना उनका श्रीमान अनिल थडानी भन्दा धेरै माथि छन् ।

मोहसिन अख्तर- उर्मिला:

बलिउडमा रंगिला गर्ल भनेर चिनिने उर्मिलाका श्रीमान एक मोडल भए पनि उर्मिलाको जस्तो पपुलारिटी उनले पाउन सकेनन् ।

प्रीति जिन्टा- जेने गुडइनफ:

लामो समय देखि जेने गुडइनफलाई डेट गर्दै आइरहेकी बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टाको बिवाह केहि समय अघि मात्र भएको थियो । उनका श्रीमानलाई चिन्ने कमै होलान ।

डा. राम माधव नेने- माधुरी दीक्षित:

माधुरीको पपुलारिटीको बारेमा बोल्न जरुरी नै छैन । मधुरीकाे जस्ताे उचाई उनका श्रीमानले हासिल गर्न सकेनन् बलिउडकी धक धक गर्ल माधुरीले अमेरिकामा बस्दै आइरहेका माधव नेनेसँग बिवाह गरेकी हुन् ।

शिल्पा शेट्टी-राज कुन्द्रा:

बलिउडमा आफ्नो मेहेनतकै कारण आफ्नो पहिचान बनाउन सफल अभिनेत्री शिल्पाले बेस्ट बिजनेस म्यान राज कुन्द्रासँग बिहे गरेकी थिइन । स्टारडमका मामिलामा शिल्पा आफ्ना श्रीमान भन्दा धेरै माथि छन् ।

ऐशवर्या राय-अभिषेक बच्चन:

यो सबैलाई थाहा भएकै कुराहो ऐश्वर्याको फ्यान फलोइङ र लोकप्रियता अभिषेकको भन्दा कयाैं गुणा बढी छ । करन सिंह ग्रोवर-बिपाशा बसु: फिमेल फ्यानको कुनै गिन्तीसम्भव नहुने उनै कारन आफ्नी श्रीमती बिपाशाको पपुलारिटिको तुलनामा धेरै पछाडी छन् ।

जूही चावला-जय मेहता:

जुही चावला सदाबाहार सुन्दरी नायिका हुन् । जुहीको प्रशंशा र नाम जति छ उनका श्रीमान जयले त्यो सफलता हासिल गर्न सकेनन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ = 16