आशाको किरण

  • 54
  •  
  •  
  •  
  •  
    54
    Shares

आजबाट २०७५ सुरू भएको छ । राजनीतिक संक्रमणको अन्त्यका २०७४ मा महत्वपूर्ण काम भए, जसलाई हामीले विदा गरेका छौं र नयाँ आशा र उत्साहका साथ नयाँ बर्षको स्वागत गरेका छौं । संविधान अनरूपका तीन तहका निर्वाचन माफर्त मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । तीन तहमै सरकार बनेका छन् ।

जनताले स्थिरतासँगै विकास र समृद्धीको ठूलो आशा राखेका छन् । जसको सुरूवात २०७५ बाट हुने अपेक्षा गरिएको छ । तर, राजनीतिक दल र सरकारको काम गर्ने पुरानै तरिका र स्वार्थ केन्द्रीत राजनीतिका कारण कारण जनताको आशा भरोसामा परिणत हुन सकेको छैन । यस्तो अवस्थामा २०७५ मा जनताका अपेक्षा पुरा गर्ने अभियानको सुरूवात होस् ।

राजनीतिक अधिकार प्राप्ती भइसकेपछि अब मुलुक विकास र समृद्धीको दिशामा अघि बढोस् । समृद्धीको अभियानमा सबै दल एक ठाँउमा आउन जरूरी छ । जसले जनताको विकासको भोक मेटाउन सकोस् । नयाँ बर्षले निराशा होइन, आशाका किरण जगाउन सकोस् ।

अन्तमा, हामी मुलुकको विकास र समृद्धीको मुद्धामा केन्द्रीत हुने प्रविवद्धता जनाउँदछौं । यो बीचमा हामीलाई पाठक वर्गले गर्नुभएको विश्वासप्रति आभारी छौं ।

पठन योग्य समाग्री थप परिष्कृत ढंगले पस्कने प्रण गर्दछौं । सकारात्मक काममा हाम्रो सँधै सहयोग रहनेछ । विकृति र अनियमितता विरूद्ध हाम्रो कलम अझ शसक्त ढंगले चल्नेछ । २०७५ मा नेपाल र नेपालीको मुहारमा खुसी ल्याउन सकोस्, सबैमा नयाँ बर्षको शुभकामना !

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = 21